सेवाग्राहीको विवरण तथा सेवा शुल्क संकलन प्रणालीलाई प्रबिधि मैत्री बनाउनेः संस्थाको सेवामा आवद्ध सेवाग्राहीहरुको व्यक्तिगत विवरणलाई पहिलो बर्षको पहिलो चौमासिकमा कम्प्यटुरिकृत गिरसिकएकाे छ भने उक्त कम्प्युटरकृत अभिलेखलाई सफ्टवेयर प्रणालिमा व्यवस्थित गनेृ कार्य सुरु गरिएको र यहि आ.ब.देखि सेवाग्राही स्वयमले मासिक शुल्कलाई मासिक, अर्धवार्षिक र वार्षिक रुपमा वैंक वा अन्य बिद्युतीय प्रविधि मार्फत सिधै घरबाटनै सेवा शुल्क भुक्तानी गर्न सक्नेछन । सोहि प्रणाली मार्फत सेवा संचालनबारे गुनासा तथा सल्लाह सुझाब पनि राख्न सकिने छ ।