तत्कालिन परिवेसमा हेटौडा नगरपालिका सवै वडामा फोहर संकलन सेवा उपलव्ध गराउदै आएको क्लिन दि नेपाल र हेटौडा नगरपालिका वीचको व्यवस्थापन करार सम्झौता समाप्त भई २०६७ सालमा सार्वजनिक निजी साझेदारी अवधारणा (Public Private Partnership PPP) अन्तर्गत प्राविधिक तथा वित्तिय प्रस्ताव आव्हान गरिएकोमा प्रतिष्पर्धामा छनौट भई यस कम्पनी र हेटौडा नगरपालिका कार्यालय वीच मिति २०६७।३।३१ मा भएको ३ बर्षीय साझेदारी करार सम्झौताको आधारमा वडा नं. १, २ र ५ का व्यवसायिक तथा आवासीय क्षेत्रका करीव १,६०० घरधुरीबाट शुल्कमा आधारित घरदैलो फोहर संकलन सेवाको सुरुवात ।
पहिलो अवधिको ३ बर्षको सम्झौताको समापन पश्चात २०६९ असारमा कार्यालयको तर्फबाट पुनः आव्हान गरिएको प्राविधिक तथा बित्तीय प्रस्तावमा प्रतिष्पर्धामा रहेका सेवा प्रदायकहरुमध्येबाट उत्कृष्ठ छनौट भई २०६९ भाद्र १५ को साझेदारी सम्झौता र मिति २०७०।४।२४ भएको परिमार्जित सम्झौता बमोजिम वडा नं.१० को वसपार्क क्षेत्र वाहेक नगरको सम्पूर्ण क्षेत्रका घरधुरी तथा व्यवसायमा सेवा बिस्तार ।
दोश्रो अवधिको २ बर्र्षीय करार अवधि समाप्ती पछि पुनः प्रतिष्पर्धामा रहेको प्राविधिक तथा बित्तीय प्रस्तावहरुमध्येबाट उत्कृष्ठ छनौट भइ ५ बर्ष अवधिका लागि मिति २०७१।७।५ को साझेदारी सम्झौताको आधारमा हेटौडा उपमहानगरपालिकाको वसपार्क क्षेत्र वाहेक सवै वडाहरुमा फोहर संकलन सेवा सुरुवात गरिएको । यस अवधिमा (SUNYA: Toward Zero Waste Project) अन्तर्गत सन २०१३ मा हेटौडा उपमहानगरपालिकाले नेपालमै पहिलो पटक जैविक तथा अजैविक फोहरको श्रोत वर्गिकरणका लागि “हरियो, निलो रातो रंगमा आधारित श्रोत वर्गिकरण र वारमा आधारित संकलन”को कार्यक्रम खाका स्विकृत गरी वडा नं. २ लाई नमुना वडाको रुपमा आइत, सोम, वुद्ध, विही र शुक्रवार गरी हप्तामा ५ दिन हरियो (जैविक फोहर) र मंगल र शनिवार गरी हप्तामा २ दिन निलो (अजैविक फोहर) संकलन, संकलित अजैविक फोहरलाई अस्थायी दोश्रो तहको वर्गिकरण केन्द्र निर्माण गरी पुन प्रयोग र पुनचक्रणयोग्य फोहरलाई कच्चा पदार्थको रुपमा उपयोग गर्ने र वाकी फोहरमात्र विसर्जन सहितको एकिकृत दिगो फोहर व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको र यस कार्यलाई नेपाल सरकारबाट गरिएको मूल्यांकनको आधारमा सन २०१४ जुन ५ विश्व वातावरण दिवसको अवसरमा देशकै सफा शहर (Cleanest City of the Country) घोषित गराउने काममा उपमहानगरपालिकाको कार्यक्रममा सेवा प्रदायकाको रुपमा योगदान ।
तत्कालिन समयमा वडा नं. १० को वसपार्क क्षेत्रमा दि सोसियल राइजिगं क्वल ले सेवा दिदै आएकोमा उपमहानगरपालिकाको मिति २०७५ भाद्र १४ गतेकोे निर्णय अनुसार वसपार्क क्षेत्र सहित उपमहानगरपालिकाको सवै क्षेत्रमा सेवा विस्तार ।
तेश्रो अवधिको ५ बर्षे करार सम्झौता २०७६ असार मसान्तमा समाप्त भई अर्को व्यवस्था नभए सम्मको लागि साविक सम्झौता बमोजिम फोहर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम यस कम्पनीबाट नै सम्पादन हुने गरी उपमहानगरपालिकाले निर्णय गरेको हुदा सोही बमोजिम सेवालाई निरन्तरता ।
चौथो अवधिको लागि प्रतिष्पर्धामा रहेका आर्थिक तथा वित्तीय प्रस्तावहरुमध्येबाट उत्कृष्ट छनौट भई मिति २०७६।०७।२९ मा भएको ३ बर्षे साझेदारी करार सम्झौता अन्तर्गत हाल सम्म देहाय बमोजिमको सेवा उपलव्ध गराउदै आइरहेको ।