ः
हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र शसुल्क घरदैलो फोहर संकलन र ढुवानी 4 वटा मिनि ट्रक र 10 थान टेक्टर संचालनमा रहेको छ भने भौगोलिक क्षेत्र र घरधुरी संख्या, सडकको दुरी तथा पहुचको अवस्थाको आधारमा क्षेत्र १ अन्तर्गतका ५ वडामा ६ थान टैक्टर क्षेत्र २ (क) अन्तर्गतका वडाहरुको लागि टैक्टर र टिपर गरी 4 थान र क्षेत्र २ (ख) अन्तर्गतका वडाहरुको लागि ४ वटा टिपर तथा टेक्प्रटर प्रयाेग गरिएको छ सो कार्यको लागि चालक 14 , सहचालक 14, शुल्क संकलक 6 जना र सुपरभाईजर ३ गरि 37 तथा कन्भेयर प्रणाली बाट फाेहर बर्गिकरण गर्ने 14 जना जम्मा 51 जाशक्ति परिचालित रहेका छन भने आवश्यकता अनुसार उपकरण तथा जनशक्ति थप गर्ने योजनामा कार्य हुदैछ ।
उपमहानगरपालिकार यस संस्थाको पहलमा सेवाग्राही वर्गसंग सम्बन्धित टोल बिकास संस्थाहरुलाई नियमित सरसफाई, सफाईमा आधारित उद्यम बिकास जस्ता फोहर घटाउने बिभिन्न बिधिहरु वारेमा चेतना अभिबृद्धि गराउने उदेश्यका साथ फोहर बर्गिकरण तथा फोहरबाट हसने समस्याको बारेमा जानकारी दिने उदेश्यका साथ हाल ३ स्थानमा जानकारी मुलक होर्डि·बोड राखिएको छ भने अन्य स्थानहरुमा पनि क्रमश राखिने योजना छ ।
सेवा सर्वसुलभ बनाउन सम्पर्क कार्यालयलाई व्यवस्थित बनाईएको
फोहर व्यवस्थापन सम्बन्धी जनचेतना जगाउन फोहर संकलनमा प्रयोग हुने ट्याक्टर तथा टिपर, कम्प्याक्टर जस्ता उपकरणहरुमा सूचनामूलक सन्देशहरु लेखिएकोे,
मूख्य बजार क्षेत्रमा फोहर व्यवस्थापनका विधिहरु लेखिएको होर्डि¨ बोर्ड राखिएको र राख्दै जाने
यस सम्बन्धी प्रचार सामाग्रीहरु संचार माध्यमबाट टेलिभिजनबाट प्रचार प्रसार गर्दे आईरहेको,
एकिकृत र दिगो फोहरमैला व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकाय, बिभिन्न पेशागत तथा व्यवसायिक संघसंस्थाहरु तथा टोलविकास संस्थाहरुसंग सहकार्य को लागि पहल गरिदै आइरहेको ।
उपमहानगरपालिका क्षेत्र भित्र रहेका मेडिकल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुबाट निष्कासन हुने जोखिमपूर्ण तथा रासायनिक फोहरलाई औषधी व्यवसायी संघ मार्फत भइरहेको व्यवस्थापन प्रणालीमा परिमार्जन गरी जैविक र पुनप्रयोग र पुनचक्रणयोग्य फोहरलाई नगरपालिकाको व्यवस्थापन प्रणालीमा एकिकृत गर्ने र जोखिमपूण र रासायनिक फोहरको मात्र विशेष व्यवस्थापन प्रणाली सुरुवात गर्न आवश्यक देखिएको छ । यसका लागि उपमहानगरभित्रका साना ठूला स्वास्थ्य सेवा प्रदायकहरुको विवरण अद्यावधि गर्ने, निष्काशन हुने जैविक, अजैविक, खतराजन्य, रासायनिक फोहरको मात्रा, उपलव्ध प्रविधिका सम्वन्धमा उपमहानगरपालिका, स्वास्थ्य सेवा सम्वन्धी संघीय तथा प्रादेशिक निकाय लगायतका सरोकारवालाहरुवीच श्रृखलावद्ध अन्तरक्रिया, छलफल, अध्ययन अनुसन्धान गरी लाभ लागत विश्लेषणको आधारमा उपयुक्त प्रविधि र व्यवस्थापन प्रणाली तर्जुमा गरी कार्यान्वयन गर्न ओषधि व्यवसायि संघ संग छलफल सुरु गरिएको छ ।
उपमहानगरपालिका क्षेत्र भित्र अत्याधिक मात्रामा मोटर तथा मोटर साईकल ग्यारेजहरु संचालनमा रहेको त्यस्ता वर्कशपहरुवाट निष्काशन हुने (BLACK WASTE) फोहरको उचित व्यवस्थापन गर्न अटो मेकानिक, अटोमोवाइल इन्जिनियरिङ्ग एशोसिएसन लगायतका सरोकारवालाहरुसंगको समन्वय, सहकार्यमा उपयुक्त व्यवस्थापन प्रणाली तर्जुमा गर्न संस्थाको तर्फबाट गृहकार्य सुरु गरिएको छ ।