फोहर भनेको आखिरमा के चै हो त ?

फोहर भनेको आखिरमा के चै हो त ?
फोहर भनेको आखिरमा के चै हो त ?

 फोहरमैला व्यवस्थापन ऐन 2068 अनुसार फोहर जस्ले उत्पादन गर्छ व्यवस्थापनको जिम्मेवारी पनि उसैको हुने हुदा स्थानिय सरकारहरुले सो फोहर व्यवस्थापनको लागि पुर्बाधार निर्माण देखि फोहर बर्गिकरणको लागि आबश्यक खाका तयार गरि आफ्ना नगरवाशिहरुलाई सहजिकरण गरिदिने जिम्मा बहन गर्ने रहेको हुदा फोहर आफै फोहर भने पक्कै हईन हामिले त्यस्लाई राख्ने शैलिको कारण फोहर हुन पुगेको रहेछ भन्ने हाम्रो निष्कर्श रहेको छ किनभने हामिले हाम्रो उपभोगमा नआउने हरेक चिजलाई फोहर भन्दा रहेछाै तसर्थ उक्त आफ्नो उपयोगमा नआउने चिज बिज हरु बिशेष गरेर दुई भागमा विभाजित भएको पाईन्छ एउटा कुहिने चिज र अर्को नकुहिने चिज त्यसैले हामिले आफ्नो उपयोगमा नआउने चिजलाई दुई छुट्टा छुट्टै भाडामा राख्ने हो भने समस्या २० प्रतिशत कम हुने देखिन्छ तव सवैलाई थाहा हुन्छ कम्तिमा पनि यो सबै चिज फोहर हईन ।
१. कुहिने चिज कुनै भाडामा केहि दिन प्रक्रियागत रुपमा राख्ने हो भने उक्त चिज मलमा परिणत भई आफ्नै घरको करेशाबारी,गमलामा राख्न मल अन्तबाट किन्न नपर्ने र आफुले उपयोग हुने भन्दा बढि भए बिक्रि अथवा आफन्तलाई उपहार पनि दिन सकिने हुन्छ ।
२. नकुहिने फोहरमा रहेको कागज,प्लाष्टिक,वोतल,फलाम,टिन,कार्टुन आदि इत्यादि रहेका हुन्छन त्यसमा पनि सबै चिजलाई अलग अलग छुट्राटाएर राख्न सकेमा उक्त चिज लिन प्रत्यक दिन जसो हाम्रो घर आगनमा उक्त सामान खरिद गर्ने मानिस आईपुग्ने सबैलाई थाहा नै छ यसाे गर्दा फोहर मैला व्यवस्थापन शुल्क तिर्न नपर्ने र जुन हामिले फोहर भनेर फालेका चिजबाट आम्दानी पनि हुने कुरामा हामि पुर्ण विश्वास दिलाउन चाहान्छाै‌ ।