घरदैलो फोहर संकलन कार्य

घरदैलो फोहर संकलन कार्य
घरदैलो फोहर संकलन कार्य

क) संकलन साधनको ब्यवस्थापन ः फोहर संकलन र ढुवानी प्रणलीलाई थप प्रभावकारी बनाउन आवश्यकताको आधारमा १ थान टिपर थप गरी ५ थान टिपर र ४ थान टैक्टर थप गरी १२ थान टैक्टर गरी कूल १७ थान सकलन साधन मार्फत संकलित फोहरको ढुवानी गरिनेछ । भौगोलिक क्षेत्र र घरधुरी संख्या, सडकको दुरी तथा पहुचको अवस्थाको आधारमा क्षेत्र १ अन्तर्गतका ५ वडामा टैक्टर र टिपर गरी ७ थान, क्षेत्र २ (क) अन्तर्गतका वडाहरुको लागि टैक्टर र टिपर गरी ४ थान र क्षेत्र २ (ख) अन्तर्गतका वडाहरुको लागि टिपर र टैक्टर गरी ३ थान, बजारका मूख्य मूख्य चोक तथा सार्वजनिक महत्वका क्षेत्रहरुमा मोवाईल संकलनका लागि १ थान र दोस्रो चरणको शुक्ष्म वर्गिकरण तथा जैविक मल केन्द्रका लागि २ थान साधान प्रयोग गरिएको छ ।

ख) सुरक्षित र प्रविधिमैत्री ढुवानी ब्यवस्थापन ः फोहरमैला ढुवानी गर्दा व्यवस्थित तवरले सडकमा नखस्ने गरी त्रिपाल वा अन्य साधनबाट छोपेर दोश्रो तहको फोहर वर्गिकरण केन्द्र सम्म ढुवानी गरिनेछ । साधनको कलर तथा साधनमा नम्बरीग प्रणालीको व्यवस्था गरिनेछ । सवारी साधानमा दैनिक परिचालन लगबुकको ब्यवस्था गरिनेछ । ढुवानी साधनहरुको विमा तथा सुरक्षाको अवस्था समेत ध्यान दिइनेछ । साधनको नियमित मर्मत सम्भार गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै हाल अजैविक फोहर संकलनका लागि प्रयोगमा रहेका साधनहरुको संरचनामा प्राविधिक परिमार्जन गरि कम साधनबाट अधिकतम फोहर संकलन सेवा उपलव्ध गरिएको छ ।