प्रमुख बजार क्षेत्र वडा नं. १, २, ४, ५ र १० क्षेत्रका आवासीय क्षेत्रमा विहान ५ बजे देखि ११ बजे सम्म र कार्यालयहरु, बैंक तथा बित्तिय संस्था, शैक्षिक संस्थाहरुमा ११ बजे देखि १७ बजे सम्मका लागि संकलन तालिका प्रस्ताव गरिएको छ । यसका अतिरिक्र वडा तह तथा टोल विकास संस्था, उधोग वाणिज्य संघसंगको सहकार्यमा संकलन तालिकामा सामान्य फेरवदल गर्न सकिनेछ । फोहर संकलनका लागि टिपर वा टैक्टरका सहचालकले संकलन र फोहरको वर्गवारे जानकारी दिन सिटी बजाउने वा सन्देशमूलक संगितको माध्यमबाट सेवाग्राहीमा सूचना सम्प्रेषण गर्ने व्यवस्था गरिनेछ । यस क्षेत्रमा प्रत्येक सेवा ग्राहीलाइ तथा रंगमा आधारति बर्गिकरण तथा बारमा आधारीत फोहर संकलन को जानकारी सहितको सरसफाई कार्ड उपल्बध गराईनेछ भने बर्गिकरण नभएका फोहर संकलन गरिने छैन ।
ख) हप्तामा आधारित फोहर संकलन ः क्षेत्र (क) अन्तर्गत वडा न. ३, ६, ७, ८, ९, ११, १२, र १३ का लागि हप्ताको ३ पटक अजैविक फोहरमात्र संकलन गर्ने कार्ययोजना प्रस्ताव गरिएको छ । वडा तथा टोल विकास संस्थाको माग र आवश्यकताको आधारमा अतिरिक्त तालिका समेत व्यवस्था गर्न सकिनेछ । यस क्षेत्रका लागि विहान ५ बजे देखि ११ बजे सम्म फोहर संकलन तालिका प्रस्ताव गरिएको छ । यसमा वडा कार्यालय तथा टोल विकास संस्था समन्वय समितिसंगको सहकार्य र सहमतिको आधारमा फेरवदल गर्न सकिनेछ । फोहर संकलनका लागि टिपर वा टैक्टरका सहचालकले संकलन र फोहरको वर्गवारे जानकारी दिन सिटी बजाउने वा सन्देशमूलक संगितको माध्यमबाट सेवाग्राहीमा सूचना सम्प्रेषण गर्ने व्यवस्था गरिनेछ । यस क्षेत्रमा पनि महिनाको एक पटक शिशा तथा धातु जन्य फोहर संकलन गर्ने गरी अतिरिक्त कार्यतालिका प्रस्ताव गरिएको छ । यस क्षेत्रका लागि कार्ययोजना अवधि भित्रमा देहाय बमोजिम सेवाको पहुच विस्तार गरिएको छ ।
ग) दिनको आधारित फोहर संकलन ः क्षेत्र २ (ख) अन्तर्गत वडा नं.१४, १५, १६, १७, १८ र १९ का लागि गतेमा आधारित संकलन तालिका प्रस्ताव गरिएको छ । यस अनुसार महिनामा ३ पटक अजैविक फोहरमात्र संकलन गर्ने प्रस्ताव गरिएको छ । वडा तथा टोल विकास संस्थाको माग तथा आवश्यकताको आधारमा थप तालिका बनाएर संकलन सेवा उपलव्ध गराउन सकिनेछ । संकलनका लागि हाललाई विहान ५ बजे देखि ११ बजे सम्मको तालिका प्रस्ताव गरिएको छ । वडा तह तथा टोलविकास संस्थासंगको सहकार्यमा तालिकामा फेरवदल गर्न सकिनेछ । यस क्लस्टरका लागि कार्ययोजना अवधिभरका लागि निम्न बमोजिमको गरिएको छ ।