सेवाग्रहिहरुले फोहर सकंलन उपकरण आएको संकेत (सिट्ठी) सुने पछि फोहर घर अगाडि निकालि सक्नु पर्नेछ र बर्गिकरण नभएको तथा कुहिने नकुहिने मिसाईएको फोहर उठाइने छैन उपरोक्त कारणले फोहर नउठेमा त्यसको जिम्मेवारी सेवाग्राहि स्वयमको हुनेछ ।
तोकिएको प्रणालि अनुरुप पर्णरुपमा फोहर बर्गिकरण गर्ने एउटा टो.वि.स क्षेत्रबाट कम्तिमा एक सेवाग्रहिलाइ विश्व वातावरण दिवसको दिन सम्मान र पुरस्कृत गर्न हे.उ.म.न.पा.कार्यालयमा मुल्य‚न सहित सिफारिस गरिने र संस्थको तर्फबाट पनि सम्मानको व्यवस्था गरिनेछ ।
सेवालाई प्रभाबकारी र बज्ञानिक बनाउनको लागि संस्थाले इलेक्ट्रोनीक टेक्नोलोजिहरुको प्रयोगमा ल्याउने तयारिमा छ जस्तै संस्थाको आफ्नै वेब पेज सेवाग्राहिहरु माझ ल्याएकोछ जस्मा सेवाग्राहिहरुको गुनासा लगायत सल्लाह सुझाब अनुरुप सेवालाइ प्रभाबकारी बनाउन मदत पुग्ने विस्वास संस्थाको रहेको छ संस्थाको आफ्नै मोवाइल एप्स बनाइन छ टेक्नोलोजि हरुको निकट भविस्यमा प्रयोगमा ल्याइने तथा बैंक तथा सहकारी संस्था वा अन्य मोबाईल वालेट मार्फत शुल्क संकलन को लागि गृहकार्य सुरु गरिएकोछ
। टोलविकास संस्थाहरुले आफ्नो क्षेत्र भित्रको टोलवासिहरुको विवरण सहित एकमुष्ट रकम उठाएर संस्थालाइ बुझाउने हो भने सेवा शुल्कको १० प्रतिशत रकम (कर बाहेकको) टो .बि.स. लाई प्रदान गरिने छ जस्का कारण टोल सफा हुनु को साथै टो.वि.स. संचालनमा पनि मद्धत पुग्ने देखिन्छ ।
जैविक फोहरबाट कम्पोष्ट मल बनाइने छ भने उक्त मल संस्थमा आबद्ध सेवाग्रहिहरुबाट माग भएमा बिक्रिको लागि तोकिएको मुल्यकोे २५ प्रतिशत सम्म कममा उपलब्ध गराइने छ र अजैविक फोहरबाट पुर्ण ररुपमा पुन प्रयोग योग्य वस्तु छुट्टाइकार्य अन्तिम फोहर विसर्जन केन्द्रको चाप न्युनिकरण गरिने ।
न.पा.काे आर्थिक सहयाेग तथा यस संस्थाकाे सहकार्यमा फाेहर संकलन ढुवानी पुनचक्रण तथा अन्तिम बिसर्जनकाे लागि बैज्ञानिक उपकरणहरु उपयाेग गरिनेछ ।